काठमाण्डौ । स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य आज १०० रुपैयाँले घटेको हो।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ७६ हजार १५० रुपैयाँ कायम भएको छ। मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार २३५ रुपैयाँ थियो।
यता, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९०० रुपैयाँ रहेको चाँदीको मूल्य ७५ रुपैयाँले बढेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।