काठमाण्डौ । अघिल्लो दिन ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको छ । मंगलबारको कारोबारमा सुनको भाउ २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा भएको थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ४३ हजार ३१० रुपैयाँमा भईरहेको छ ।
यद्यपी आज चाँदीको भाउमा भने वृद्धि देखिएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढ्दै ४ हजार ३८० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।