काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ मुनि आईपुगेको छ । बुधबारको कारोबारमा आएको उच्च गिरावटका कारण सुनको मूल्य ३ लाख तल आईपुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसरी एकैदिन सुनको मूल्यमा ८ हजार ८ सयको गिरावट देखिएको हो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ८८५ रुपैयाँ कायम भएको छ। मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ४३० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७६५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ४ हजार ५८० रुपैयाँमा कायम भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।