काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि प्रतिऔंस ४ हजार डलर पार पुगेको छ । आजको कारोबारमा सुनको ०.३२ प्रतिशत अर्थात १२.९१ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार १४ डलर कायम भएको छ ।
पछिल्लो समय डलर इन्डेक्स आफ्नो तीन महिनाकै उच्च विन्दुमा पुगेको छ । यस्तै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पनि हालै मात्रै वर्षको दोस्रोपटक ब्याजदर कटौती गरेको छ ।
यसैगरी अमेरिका र चीनबीच पनि व्यापारित सम्झौता भएको छ । यी विकसित घटनाक्रमले आगामी कारोबारमा सुनको मूल्य प्रभावित हुन सक्ने विज्ञहरुले बताएका छन् ।
आज चाँदीको भाउपनि बढेको छ । चाँदी ०.०६ डलरले बढ्दै प्रतिऔंस ४८.८६ डलरमा कारोबार भईरहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (26).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                