काठमाण्डौ। स्थानीय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ७ सय रुपैयाँले बढेको हो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ७ सय ४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार २ सय ९० रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ६ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज ८५ रुपैयाँले बढेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।