काठमाण्डौ । पछिल्लो केही दिनयता घटिरहेको सुनको भाउ पुनः उकालो लागेको छ । आजको कारोबारमा सुनको मूल्य १.०६ प्रतिशत अर्थात ४६ डलरले बढेको छ ।
यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ४ हजार ३७३ डलरमा भईरहेको छ ।
निरन्तर बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ पछिल्ला केही कारोबारमा लगानीकर्ताले नाफा बुक बढाउँदा र अङ्ग्रेजी नयाँ वर्षको बिदाका कारण घटेको थियो । तर आजबाट सुनको भाउले फेरि उकालो यात्रा तय गरेको छ ।
यस्तै आज चाँदीको भाउ समेत वृद्धि भएको छ । चाँदी आज प्रतितोला २.०२ बढ्दै प्रतिऔंस ७३.३५ डलरमा कारोबार भईरहेको छ ।

