काठमाण्डौ । सुनको मूल्य तीन साताकै न्यून स्तरमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज गिरावट आएसँगै सुनको मूल्य तीन साताकै न्यून स्तरमा पुगेको हो ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य ०.८९ प्रतिशत अर्थात ३५.४५ डलरले घटेर प्रतिऔंस ३ हजार ९६९ डलरमा कारोबार भईरहेको छ । गत अक्टोबर ६ मा सुनको मूल्य प्रतिऔंस ३ हजार ९८३ डलरमा पुगेको थियो ।
चीन र अमेरिका व्यापारिक सम्झौता नजिक पुगेसँगै लगानीकर्ता सुरक्षित लगानीको रुपमा मानिने सुनबाट पछि हटेसँगै मूल्यमा गिरावट आएको हो ।
यो वर्ष सुनको मूल्य ५१ प्रतिशतले बढिसकेको छ ।

