काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.४९ प्रतिशत अर्थात प्रतिऔंस ९.९६ डलरले बढेको हो ।
यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०४६.५५ कायम भएको छ ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.६८ प्रतिशत अर्थात प्रतिऔंस ०.१६ डलरले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २३ डलरमा झरेको छ ।
नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७०० र तेवाजी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।