काठमाण्डौ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आजपनि बढेको छ । आज सुनको मूल्य ०.३४ प्रतिशत अर्थात १०.६३ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३२.२७ डलरमा कारोबार भईरहेको छ । अमेरिकी ट्यारिफ नीतिका कारण सिर्जित परिस्थितीका कारण पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ ।
यो वर्ष सुनको मूल्य १५ प्रतिशतभन्दा बढीले वृद्धि भईसकेको छ । यसैबीच बैंक अफ अमेरिकाले यो वर्षका लागि सुनको औषत मूल्य अनुमान बढाएको छ । बैंक अफ अमेरिकाले यस वर्ष सुनको औषत मूल्य प्रतिऔं ३ हजार ६३ डलरसम्म कायम रहने आँकलन गरेको छ । अमेरिकी ्राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका कारण यस वर्ष सुनको मूल्य उच्च रहने बैंकले जनाएको छ ।
यस्तै बैंक अफ अमेरिकाले सन् २०२६ मा सुनको औषत मूल्य प्रतिऔंस ३ हजार ३५० डलर पुग्ने बताएको छ ।
आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज ०.१० डलरले बढेर प्रतिऔंस ३३.७१ डलर कायम भएको छ ।