काठमाण्डौ। स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार २०० रुपैयाँले बढेको हो।
आज १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। अर्थात् आज चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।