काठमाण्डौ । सुनको मूल्य आज घटेको छ । सोमबारको कारोबारमा सुनको मूल्य १३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घट्दै प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भईरहेको छ ।

