काठमाण्डौ । बिहिबार पनि घरेलु बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज १ लाख ७१ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भईरहेको छ ।