काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ। हिजो प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १०० रुपैयाँले बढेको हो।
महासंघले सार्वजनिक गरेको दरअनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँ पुगेको छ। हिजो प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदी आज ४० रुपैयाँले महँगिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।