काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भदौ २ गते छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनपनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।