काठमाण्डौ । सुनको मूल्य ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा मूल्यवृद्धि भएसँगै सुनको भाउ प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ गत शुक्रबारको तुलनामा ४ हजार ८ सय रुपैयाँले बढी हो ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाा कायम थियो ।
आज १० ग्राम सुनको भाउ भने २ लाख ५८ हजार ६ सय कायम भएको छ ।
यस्तै आज सुनसँगै चाँदी पनि महङ्गिएको छ । चाँदीको भाउ आज ६५ रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।