बुधबार, असार १०,२०८३ 05:56:53
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:56:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फेडले ब्याजदरमा कटौती गर्ने सम्भावनाका बीच सुनको मूल्य अल टाइम हाई नजिक

Laxmi Sunrise Bank Limited
फेडले ब्याजदरमा कटौती गर्ने सम्भावनाका बीच सुनको मूल्य अल टाइम हाई नजिक

काठमाण्डौ । सुनको मूल्य ‘अल टाइम हाई’ नजिक पुगेको छ । पछिल्लो समय निरन्तर वृद्धि भईरहेका कारण सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दु नजिक पुगेको हो । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.४८ प्रतिशत अर्थात १०.०५ डलरले बढेको छ ।  

योसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १२४.७ डलर कायम भएको छ ।  

यस्तै चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य १.४६ प्रतिशत अर्थात ०.३५ डलरले घट्दै प्रतिऔंस २३.६ डलर पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

यसअघि गत वर्षको डिसेम्बर ४ मा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसबेला सुनको मूल्य प्रतिऔंस २ हजार १३५.४० डलर पुगेको थियो । जुन अहिलेसम्मकै धेरै हो ।  

अमेरिकी केन्द्रीय बैंक फेडरेल रिजर्भ(फेड)ले जुन महिनाका लागि ब्याजदरमा कटौती गर्ने सम्भावनाका बीच सुनको मूल्यमा व्यापक वृद्धि भईरहेको छ । सुनको मूल्य र ब्याजदरबीच अप्रत्यक्ष सम्बन्ध रहेको छ । ब्याजदर घट्दा सुनको मूल्य बढ्ने गर्छ भने ब्याजदर बढ्दा घट्ने गर्छ । ब्याजदर कम हुँदा लगानीकर्ताले अन्य वैकल्पिक लगानी जस्तै बोन्डको तुलनामा सुनमा लगानी गर्न उपयुक्त ठान्ने गर्छन । बोन्डले ब्याजदर कम भएका बेला कमजोर प्रतिफल दिने गर्छ ।  

अर्कोतर्फ ब्याजदर कम हुँदा डलर कमजोर हुने गर्छ । जसका कारण अन्तराष्ट्रिय बिक्रीकर्ताका लागि सुनको मूल्य सस्तो पर्न जान्छ । अन्ततःयसले सुनको माग बढाउँछ ।  

विश्लेषकहरुले यस वर्ष सुनको मूल्य सजिलै सँग नयाँ–नयाँ रेकर्ड बनाउने बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.