मंगलवार, आश्विन १३,२०८३ 08:11:15
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:11:15
Bizshala
Global IME Bank Limited

चाँदीको भाउ ४५ वर्षकै उच्च, प्रतिऔंस कति पुग्यो ?

Bizshala
चाँदीको भाउ ४५ वर्षकै उच्च, प्रतिऔंस कति पुग्यो ?
New Office

काठमाण्डौ । पछिल्लो समय बहुमूल्य पहँलो धातु सुनको मूल्य निरन्तर बढिरहेको छ । तर सुन मूल्यवृद्धि हुने एक्लो धातुको रुपमा भने रहेको छैन । यो वर्ष चाँदीको मूल्य पनि ७५ प्रतिशतले बढिसकेको छ ।  

सुरक्षित लगानीको रुपमा लगानी बढ्नु, बलियो औद्योगिक माग र आपूर्ति सीमितताका कारण चाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज चाँदीको भाउले प्रतिऔंस ५० डलरको आँकडा पार गरेको छ । चाँदीको भाउ बढेर प्रतिऔंस ५१ डलरमा कारोबार भईरहेको छ । चाँदीको भाउले सन् १९८० पछि पहिलोपटक प्रतिऔंस ५० डलरको आँकडा पार गरेको हो ।  

विश्व राजनीतिक अस्थिरता र आर्थिक अनिश्चितताका बीच यो वर्ष लगानीकर्ताले सुन र चाँदीमा व्यापक लगानी बढाएका छन् । जसका कारण मूल्यवृद्धि भईरहेको छ । यसका साथै, अमरिकाले लगाएको ट्यारिफ र फेडरल रिजर्भको स्वायत्ताको विषयमा उठेको प्रश्नले समेत मूल्यवृद्धिलाई सहयोग पुर्याईरहेको छ ।  

चाँदीको प्रयोग औद्योगिक क्षेत्र, डेटा सेन्टर, सोलार प्यानल र स्मार्टफोनहरुमा समेत हुने गर्छ ।  

यस्तै सुनले समेत यसै साता पहिलोपटक प्रतिऔंस ४ हजार डलरको आँकडा पार गरेको थियो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.