काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेसँगै तीव्र गतिमा घटेको सुनको मूल्य केही दिनयता भने निरन्तर वृद्धि भईरहेको छ ।
आज सुनको मूल्य प्रतिऔंस १.३९ प्रतिशत अर्थात ३७ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजार सुनको मूल्य प्रतिऔंस २ हजार ६८४ डलरमा कारोबार भईरहेको छ । यो मूल्य विगत एक साताकै उच्च हो ।
युक्रेन र रुसबीच बढ्दा तनाव नै सुनको मूल्य वृद्धिको मुख्य कारण भएको विज्ञहरुले बताएका छन् ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.०१ डलरले बढ्दै प्रतिऔंस ३०.९२ डलर कायम भएको छ ।