आईतवार, फाल्गुन ३,२०८२ 08:07:12
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:07:12
Bizshala
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ३१ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

सुनको मूल्य एकैदिन ३१ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.७३ प्रतिशत अर्थात ३१.३६ डलरले बढेको छ ।

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ४ हजार ३३३ डलरमा भईरहेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अमेरिकी श्रमबजारको कमजोर तथ्यांक सार्वजनिक हुनु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका तेल ट्याङ्करमाथि प्रतिबन्ध लगाउनु सुनको मूल्य बढ्नुको प्रमुख कारण रहेको विश्लेषकहरुले बताएका छन् ।

 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

पछिल्लो समय निरन्तर वृद्धि भईरहेको सुनको मूल्य दुई वर्षमै दोब्बर कायम भएको छ । विश्लेषकहरुले सन् २०२६ सम्म सुनको भाउ प्रतिऔंस ५ हजार डलर पुग्ने प्रक्षेपण गरेका छन् । गत अक्टोबर महिनामा सुनको मूल्य प्रतिऔंस ४ हजार ३८१ डलरसम्म पुगेको थियो । विश्वका केन्द्रीय बैंकले खरिद बढाउदा र बजारमा नयाँ लगानीकर्ताको प्रवेशका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि ४.६३ प्रतिशत अर्थात २.९५ डलरले बढेर प्रतिऔंस ६६.३८ डलरमा कारोबार भईरहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.