काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य विगत २ साताको अवधिमा पहिलोपटक २७ सय डलर पार गरेको छ । यससँगै सुनको मूल्य पछिल्लो २ वर्षकै उच्च साप्ताहिक वृद्धितर्फ उन्मुख भएको छ ।
अन्य मुद्राको तुलनामा डलरको भाउ बलियो बन्दा र आगामी महिनाका लागि अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्नसक्ने सम्भावना कम हुँदा सुनको मूल्य बढेको हो ।
पछिल्लो कारोबारमा सुनको मूल्य १.५९ प्रतिशत अर्थात ४२.५२ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ७१५ डलर कायम भएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस १.५७ प्रतिशत अर्थात ०.४९ डलरले बढेको छ । चाँदी यतिबेला प्रतिऔंस ३१.३४ डलरमा कारोबार भईरहेको छ ।