काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ४ सय रुपैयाँले घटेको हो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ७५ हजार १ सय २० रुपैयाँ रहेको थियो।
यता, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ नै कायम थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।