बुधबार, भाद्र २५,२०८२ 05:50:07
  • बुधबार, भाद्र २५,२०८२ 05:50:07
Global IME Bank Limited

सुनको मूल्यमा उछाल, एकैदिन करिब १७० डलरले बढ्दै नयाँ रेकर्ड कायम

Hyundai Nepal
सुनको मूल्यमा उछाल, एकैदिन करिब १७० डलरले बढ्दै नयाँ रेकर्ड कायम

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले ३५ सय डलर नजिक पुगेको छ । आजको कारोबारमा सुनको मूल्यमा ५.१० प्रतिशत अर्थात प्रतिऔंस १६९.१९ डलरको उछाल आएको छ ।  

यससँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ४८४.३२ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । डलर कमजोर बनेसँगै र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण लगानीकर्तामा बढेको अनिश्चितताका कारण पछिल्लोसमय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोमी पावेलविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टिप्पणीका कारण अमेरिकी अर्थतन्त्रप्रति लगानीकर्ताको आत्मविश्वास गुम्दा डलर ३ वर्षकै कमजोर बनेको छ । ट्रम्पले पावेललाई ब्याजदर घटाउन दबाब समेत दिएका छन् । डलर कमजोर बन्नु सुनको मूल्य उकालो लाग्नका लागि उपयुक्त अवसर हो । कमजोर डलरको फाइदा उठाउदै डलरबाहेकका अन्य मुद्रा भएका लगानीकर्ताले सुनको खरिद बढाएका छन् । जसका कारण सुनको मागमा दबाब सिर्जना हुँदा मूल्य बढ्न गएको छ ।  

उता चीन र अमेरिकाबीचको बढ्दो व्यापार संकटकाबीच चीनले ट्यारिफको गलत फाइदा उठाउदै अमेरिकासँग मिलेर आफूविरुद्ध सम्झौता गर्ने देशहरुले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । यसले समेत विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । राजनीतिक र आर्थिक संकटका बेला लगानीकर्ताले सुनलाई सुरक्षित लगानीको रुपमा लिने गर्छन् ।  

यो वर्ष सुनको मूल्य  ७०० डलरभन्दा बढीले वृद्धि भईसकेको छ । गत बुधबार सुनको मूल्यले पहिलोपटक ३३ सय डलरको आँकडा पार गरेको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि ०.३५ डलरले बढ्दै प्रतिऔंस ३२.७५ डलर कायम भएको छ ।    

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.