मंगलवार, असार ९,२०८३ 03:31:02
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:31:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य घट्यो, मजबुत डलर र कच्चा तेल महँगिएसँगै बजारमा दबाब

Laxmi Sunrise Bank Limited
सुनको मूल्य घट्यो, मजबुत डलर र कच्चा तेल महँगिएसँगै बजारमा दबाब

काठमाण्डौ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। अमेरिकी डलर मजबुत बनेसँगै र कच्चा तेलको मूल्य वृद्धि भएसँगै अनिश्चितता बढेकाले सुनप्रतिको आकर्षण कमजोर बनेको हो।

आज सुनको मूल्य १.०८ प्रतिशत अर्थात ४८.९४ डलरले घटेको छ । यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार ५१४ डलरमा भईरहेको छ । अघिल्लो कारोबार सत्रमा सुन दुई साताकै उच्च स्तरमा पुगेको थियो।

अमेरिकी डलरको मजबुतीले अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन महँगो बनाएको छ, जसले मागमा दबाब सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ।

New Office
CG Motors
Garima Development Bank

विश्लेषकहरुका अनुसार कच्चा तेलको मूल्य वृद्धि र अमेरिका–इरानबीचको शान्ति वार्तामा देखिएको अनिश्चितताले सुन बजारलाई अस्थिर बनाइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम सम्झौता विस्तार गर्ने प्रस्तावमा चाँडै निर्णय गर्ने बताएका छन्। तर, दुवै पक्षबीच अझै पनि प्रमुख मुद्दामा मतभेद कायम रहेको बताइएको छ। 

त्यसैगरी, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा हिजबुल्लाहविरुद्ध सैन्य कारबाहीलाई तीव्र पार्न आदेश दिएका छन्, जसले मध्यपूर्वको तनाव थप बढाएको छ।

कच्चा तेलको मूल्य पनि वृद्धि भएको छ, जसले मुद्रास्फीतिको चिन्ता बढाएको छ। यस्तो अवस्थामा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर उच्च राख्नुपर्ने सम्भावना बढ्ने विश्लेषकहरूको धारणा छ । जसले सुनजस्ता नाफा नदिने सम्पत्तिमा दबाब पार्ने गर्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फेडरल रिजर्भकी उपाध्यक्ष मिशेल बोमनले मध्यपूर्वको युद्धले मुद्रास्फीति लामो समयसम्म उच्च राख्न सक्ने र त्यसले कडाइपूर्ण मौद्रिक नीतिको आवश्यकता पर्न सक्ने बताएकी छन्।

यद्यपि, विश्लेषकहरूका अनुसार यदि कच्चा तेलको मूल्य घट्यो र अमेरिकी डलर कमजोर भयो भने सन् २०२६ को अन्त्यसम्म सुनको मूल्य ५ हजार ५०० अमेरिकी डलरसम्म पुग्ने सम्भावना रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.