मंगलवार, भाद्र २,२०८३ 03:30:40
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 03:30:40
Bizshala
Global IME Bank Limited

एउटै घोटालाले डुबायो कलकत्ता स्टक एक्सचेन्ज, अब फेरि ब्युँताउने तयारी

एउटै घोटालाले डुबायो कलकत्ता स्टक एक्सचेन्ज, अब फेरि ब्युँताउने तयारी
New Office

काठमाण्डौ । कुनै समयमा बम्बई स्टक एक्सचेञ्ज (बीएसई)लाई कडा प्रतिस्पर्धा दिने कलकत्ता स्टक एक्सचेञ्ज (सीएसई)एउटा यस्तो घोटालामा फस्यो कि त्यसबाट कहिल्यै पनि उकासिन सकेन ।  

विस्तारै सीएसईको कारोबार पूर्ण रुपमा नै ठप्प भयो । यसलाई कुनै समय पूर्वी भारतको वित्तीय धड्कनका रुपमा पनि चिनिन्थ्यो ।  

आजभन्दा ११८ वर्षअघि एउटा नीमको रुखमुनि कलकत्ता स्टक एक्सचेञ्जको सुरुवात भएको थियो, जसलाई एउटै घोटाला काण्डले तहसनसह बनाईदियो ।  

सीएसई कुनै समय लायन्स रेञ्जबाट संचालन हुन्थ्यो । बंगालमा यसको महत्व आजको मुम्बईको दलाल स्ट्रिटको जत्तिकै थियो । काठका व्यापारीहरु यहाँ ठूलो स्वरमा बोलकबोल गर्थे । उद्योगपतिहरुले यहिबाट जुट मिलहरु, चिया बगानहरु र शिपिङ कम्पनीहरुको भविष्य निर्धारण गर्थे । लामो समयसम्म यो पूर्वी भारतको वित्तीय धड्कनको रुपमा रह्यो ।  

Bizshala
CG Motors

तर आज त्यो बजार सुनसान बनेको छ । सीएसईले सन् २०१३ अप्रिलदेखि अहिलेसम्ममा एउटा पनि कारोबार गरेको छैन ।  

एकाएक फेरी सीएसईलाई रिभाइभ गर्ने तयारी भइरहेको चर्चा सुरु भएको छ । हालै बंगाल सरकारका एक मन्त्रीले बजेट भाषणका क्रममा सीएसईलाई फेरी सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।  

वित्तमन्त्री स्वपन दास गुप्ताले आव २०२६–२७ को बजेट भाषणमा सरकारले सीएसईलाई पुनः सञ्चालनमा ल्याउन पूर्ण सहयोग गर्ने बताएका छन् । कलकत्तालाई फेरि पूर्वी भारतको वित्तीय केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले एक्सचेञ्जलाई पुनः सञ्चालनमा ल्याइने उनले बताएका छन् ।  

साथै सीएसई पुनः सञ्चालनमा आएपनि पूर्वी भारतका कम्पनीहरुलाई पूँजी जुटाउनउ सहज हुने र रोजगारीका अवसर सिर्जना भई राज्यको अर्थतन्त्र पनि थप सुदृढ हुने जनाइएको छ ।  

तर सीएसईलाई पुनः सञ्चालनमा ल्याउने कुरा भइरहेपनि यसको बाटो भने सहज देखिदैन ।  

भारतीय पूँजीबजार नियामक सेबीलेले सीएसईका सम्पत्ति सृजन ग्रुपलाई २५३ करोड भारतीय रुपैयाँमा बिक्री गर्न समेत स्वीकृति दिइसकेको छ । यद्यपि यो कारोबार अन्तिम निकास स्वीकृतिपछि मात्रै कार्यान्वयन हुनेछ ।  

साथै यससम्बन्धी मुद्दा हाल कलकत्ता उच्च अदालतमा विचारधीन छ । सीएसईलाई पुनः सञ्चालनमा ल्याउन सेबीको स्वीकृति आवश्यक पर्नेछ, जुन तत्काल प्राप्त गर्न सहज देखिदैन । साथै आधुनिक ट्रेडिङ र क्लियरिङ पूर्वाधार निर्माण गर्नुपर्नेछ र लगानीकर्ताको विश्वास पुनः जित्नुपर्नेछ, जुन यो सबैभन्दा ठूलो चूनौती हुनेछ ।  

कसरी डुब्यो यो एक्सचेञ्ज ?  

इक्विटी कन्ट्र्याक्ट ऐन, १९५६ अन्तर्गत भारतको केन्द्र सरकारले १४ अप्रिल १९८० मा कलकत्ता स्टक एक्सचेन्जलाई स्थायी मान्यता दिएको थियो । दशकौंसम्म यसले भारतको एक प्रमुख वित्तीय संस्थाका रूपमा आफ्नो पहिचान कायम राख्यो । यसलाई एसियाकै सबैभन्दा पुराना स्टक एक्सचेन्जहरूमध्ये एक मानिन्थ्यो । आफ्नो उत्कर्षकालमा यो भारतको दोस्रो ठूलो स्टक एक्सचेन्ज थियो ।

तर त्यसपछि एउटा ठूलो घोटालाले यसको पतनको सुरुवात गरायो । त्यो घोटाला सन् २००१ मा भएको केतन पारेख घोटाला थियो ।

सीएसई पतनको मुख्य कारण नै यो घोटालालाई मानिन्छ । ब्रोकर केतन पारेखले केही कम्पनीका सेयरहरूको मूल्यमा व्यापक हेरफेर गरे, जसका कारण कलकत्ता स्टक एक्सचेन्जको सम्पूर्ण प्रणाली नै धराशायी भयो ।

पारेखले आफ्ना सहयोगीहरूसँग मिलेर केही प्रमुख सेयरहरूको मूल्य कृत्रिम रूपमा बढाउने र घटाउने काम गरेका थिए । यसको परिणामस्वरूप एक्सचेन्जमा तरलताको (लिक्विडिटी) गम्भीर अभाव सिर्जना भयो र हजारौं लगानीकर्ताले ठूलो आर्थिक क्षति बेहोर्नुप¥यो ।

नियमहरूको पालना नगरेको भन्दै सेक्युरिटि बोर्ड अफ इन्डिया (सेबी) ले सन् २०१३ मा कलकत्ता स्टक एक्सचेन्जमा सेयर कारोबार बन्द गरिदियो । प्राविधिक आधारमा एक्सचेन्जलाई थप समय दिने माग पनि सेबीले अस्वीकार ग¥यो, जसपछि सीएसईको कारोबार पूर्ण रूपमा ठप्प भयो ।

सीएसई मात्र यस्तो अवस्थामा पुगेको थिएन । सन् २०१३ देखि २०१५ को अवधिमा भारतका अधिकांश क्षेत्रीय स्टक एक्सचेन्जहरू बन्द गरिएका थिए । तीमध्ये बैंगलोर, हैदराबाद, मद्रास, पुणे, कोयम्बटुर, लुधियाना, जयपुर लगायतका धेरै सहरका स्टक एक्सचेन्जहरू पनि समावेश थिए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.