काठमाण्डौ । सुनको भाउ बढ्ने क्रम आज रोकिएको छ । अघिल्लो दिनको तुलनामा आज सुन ४ सय रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन भने सुनको भाउ ९ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज ६० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ ।

