काठमाण्डौ । अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको भाउले नयाँ ऐतिहासिक उचाई हासिल गरेको छ । स्थानिय बजारमा सुनको मूल्य आज प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेको छ ।
यससँगै सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज कायम भएको मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । सोमबार सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको थियो ।
आज चाँदीको पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ ।