काठमाण्डौ । सुनको ओरालो यात्रा थामिएको छ । स्थानिय बजारमा विगत केही दिनदेखि घटिरहेको सुनको मूल्य आज बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुन ३ सय रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९२ हजारमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १७५ रुपैयाँ कायम भएको छ ।