काठमाण्डौ । बहुमूल्य पहँलो धातु सुनको मूल्य बढ्ने क्रम रोकिएको छ । बुधबार सुनको मूल्य घटेसँगै सुनको उकालो यात्रामा ब्रेक लागेको हो ।
आज अघिल्लो दिनको तुलनामा सुन २ हजार १ सय रुपैयाँले सस्तिएको छ । यससँगै सुनको कारोबार आज प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य ४ हजार ९ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १७० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार १७५ रुपैयाँ कायम भएको छ ।

