काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य फेरि ३ लाख मुनि आईपुगेको छ । अघिल्लो दिनको तुलनामा आज ९ हजार ५ सय रुपैयाँले घट्दै सुनको भाउ ३ लाख मुनि झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार २ लाख ९५ हजार २ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ६२० रुपैयाँले घट्दै प्रतितोला ४९८० रुपैयाँमा कारोबार भईरहेको छ ।

