काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्यमा सामान्य बढेको छ । गत शुक्रबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार भने सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम थियो ।
सुनको मूल्य बढेतापनि चाँदीको मूल्य भनो घटेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम थियो ।