बिहीबार, असार ११,२०८३ 11:45:15
Bizshala
  • बिहीबार, असार ११,२०८३ 11:45:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार डलरबाट तल झर्‍यो, डलर बलियो बन्नु र ब्याजदर बढ्ने अपेक्षाले दबाब

Laxmi Sunrise Bank Limited
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार डलरबाट तल झर्‍यो, डलर बलियो बन्नु र ब्याजदर बढ्ने अपेक्षाले दबाब

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पहिलो पटक नोभेम्बर २०२५ पछि पुनः प्रतिऔंस ४ हजार डलर।बाट तल झरेको छ। विश्लेषकहरूका अनुसार अमेरिकी डलरको मजबुती र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर लामो समय उच्च राख्ने तथा थप वृद्धि गर्ने सम्भावनाले सुनमा भारी दबाब परेको हो।

यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ९९४ डलरमा कारोबार भईरहेको छ ।

डलरको मूल्य लगातार मजबुत हुँदै गएपछि अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन महँगो बन्न पुगेको छ, जसले माग घटाएको छ। साथै, बजारमा ब्याजदर वृद्धि हुनसक्ने अपेक्षाले बन्ड तथा नगद जस्ता ब्याज दिने सम्पत्तिहरूलाई आकर्षक बनाएको छ, जसका कारण सुनप्रतिको आकर्षण घटेको हो।

New Office
CG Motors
Garima Development Bank

विश्लेषकहरुका अनुसार हालको बजारमा सेप्टेम्बरमै ब्याजदर वृद्धि हुनसक्ने अपेक्षाले सुनमा थप दबाब सिर्जना गरेको छ। यद्यपी केन्द्रीय बैंकहरूको निरन्तर खरिदका कारण ठूलो गिरावटको सम्भावना भने कम रहेको उनीहरुले बताएका छन् ।

सुनको मूल्य यस वर्षको सुरुवातमा करिब प्रतिऔंस ५ हजार ५९४ डलरको रेकर्ड स्तरमा पुगेको थियो। त्यसयता सुनको भाउ १५ सय डलरले घटिसकेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्लेषक संस्थाहरूले पनि सुनको पूर्वानुमान मूल्य संशोधन गर्दै २०२६ को तेस्रो त्रैमासमा औसत ४ हजार ३ सय डलर र चौथो त्रैमासमा ४ हजार ६ सय डलरसम्म पुग्ने अनुमान गरेका छन्, जुन अघिल्लो अनुमानभन्दा कम हो।

विशेषज्ञहरूका अनुसार सुन सामान्यतया मुद्रास्फीति र अनिश्चितताको समयमा सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर र मजबुत डलरको अवस्थामा यसको आकर्षण घट्ने गर्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.