काठमाण्डौ । सुनको मूल्य आज तोलामै ३८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको भाउ प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँ रहेको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि तोलामै ११५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आजको लागि चाँदीको भाउ प्रतितोला ४ हजार ३९५ रुपैयाँ तोकिएको छ।
अघिल्लो कारोबार दिन चाँदीको भाउ प्रतितोला ४ हजार ५१० रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।