काठमाण्डौ । दैनिक नयाँ–नयाँ रेकर्ड बनाईरहेको सुनको भाउ आज भने घटेको छ । बिहिबारको कारोबारमा स्थानिय बजारमा सुनको भाउ ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने हालसम्मकै उच्च कायम हुँदै सुनको कारोबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ९ सयले वृद्धि भएको थियो ।
यस्तै आज चाँदीको भाउपनि उच्च विन्दुबाट झरेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने चाँदीको भाउ ४ हजार ४२० रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।

