बुधबार, भाद्र २५,२०८२ 05:46:20
  • बुधबार, भाद्र २५,२०८२ 05:46:20
Global IME Bank Limited

सुनको मूल्यमा करिब १२० डलरको उछाल, ३३ सय डलरको आँकडा पार

Hyundai Nepal
सुनको मूल्यमा करिब १२० डलरको उछाल, ३३ सय डलरको आँकडा पार

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । यससँगै सुनको मूल्यले ३३ सय डलरको आँकडा पार गरेको छ ।  

आजको कारोबारमा सुनको मूल्य प्रतिऔंस ३.७१ डलर अर्थात ११९.४७ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्रािष्ट्रय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३४२.१३ डलरमा कारोबार भईरहेको छ ।  

डलर कमजोर बन्दा र अमेरिका चीनबीचको व्यापार तनाव वृद्धि भएसँगै लगानीकर्ता सुरक्षित लगानीको रुपमा आकर्षिक भएका छन् । यसले सुनको माग बढ्न गई मूल्य आकाशिएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विश्लेषकहरुले अब सुनको मूल्य प्रतिऔंस ३५ सय डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् । यद्यपी यो बीचमा नाफा बुक र अमेरिका र चीनबीचको व्यापार सम्बन्ध सकारात्मक बन्यो भने मूल्य घट्न पनि सक्ने उनीहरुको धारणा छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार अमेरिकामा आयात हुने दुलर्भ खनिज पदार्थहरुमा लगाउने सकिने सम्भावित ट्यारिफका विषयमा अनुसन्धान गर्न निर्देशन दिएका छन् । यसले विश्व व्यापार संकटमा थप दबाब सिर्जना गरेको छ ।  

यस्तै डलर पनि आफ्ना प्रतिष्पर्धि मुद्राहरुको तुलनामा करिब तीन वर्षकै कमजोर बनेको छ । डलर कमजोर बनेसँगै डलरबाहेकका मुद्रा भएकाहरुका लागि सुन सस्तो पर्न जान्छ । उनीहरुको सुनको खरिद बढाएसँगै माग बढेको छ । जसका कारण अन्ततः सुनको मूल्य उकालो लाग्ने गर्छ ।  

आज चाँदीको मूल्य पनि ०.२१ प्रतिशतले बढेर प्रतिऔंस ३२.५२ डलरमा कारोबार भईरहेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.