काठमाण्डौ । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको आजको दरअनुसार १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको छ।


प्रतिक्रिया
1 प्रतिक्रियाV***
यतिको मँहगो सुन र चाँदीको त्यहीँ समस्या छ,नेपालीहरूले यतिका मँहगो लगाउन सक्दैनन् ।
10 मिनेट अगाडी