काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ७ सयले बढेको सुनको भाउ आजपनि बढेको हो ।
अघिल्लो दिनको तुलनामा आज सुन १४ हजार ४ सय रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा भईरहेको छ । यससँगै सुनको भाउले पुनः ३ लाखको आँकडा पार परेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २६५ रुपैयाँले बढ्दै ५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

