काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पुनः२९ सय डलर पार पुगेको छ । डलर कमजोर बन्दा र अमेरिकी राष्ट्रपतिले नयाँ ट्यारिफ लगाउने अडान लिदा व्यापार संकट गहिरिने सम्भावनाका कारण सुनको मूल्य वृद्धि भएको हो ।
आजको कारोबारमा सुनको मूल्य ०.७३ प्रतिशत अर्थात २१.१५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९१२ डलरमा कारोबार भईरहेको छ ।
यो वर्ष सुनको मूल्य ११ प्रतिशतले बढिसकेको छ । सुनको मूल्यले यो वर्ष हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । गत फेब्रुअरी २४ मा सुनको मूल्य प्रतिऔंस २ हजार ९५६ डलर पुगेको थियो ।
अमेरिकी राष्ट्रपति ट्यारिफ लगाउने विषयमा अडिग रहदा लगानीकर्ता सुरक्षित लगानीका लागि सुनप्रति आकर्षित भएका छन् ।
यस्तै अमेरिकी डलर इन्डेक्स पनि ०.६ प्रतिशतले घटेको छ । जसका कारण डलरको भाउ गत डिसेम्बर पछिैक न्यून विन्दुमा पुगेको छ । यसले डलरबाहेक अन्य मुद्राधारकलाई सुनको खरिद सस्तो पर्न गएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.२८ डलरले बढ्दै प्रतिऔंस ३१.९७ डलर पुगेको छ ।