मंगलवार, फाल्गुन ५,२०८२ 11:07:03
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 11:07:03
Bizshala
Global IME Bank Limited

१३ दिनमा सुनको मूल्य ८.४१% ले घट्दा चाँदीमा ११.४९% को पहिरो, आजको मूल्य कति छ ?

१३ दिनमा सुनको मूल्य ८.४१% ले घट्दा चाँदीमा ११.४९% को पहिरो, आजको मूल्य कति छ ?
Shivam Cement

काठमाण्डौ । तेह्र दिनअघि अलटाईम हाईको रेकर्ड बनाएको सुनको मूल्य यो अवधिमा ८.४१ प्रतिशतले घटेको छ ।  

असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँको अलटाईम हाईको विन्दूमा पुगेको थियो । सो दिन १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ तोकिएको थियो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बुधबार(कात्तिक १२ गते) भने सुनको मूल्य घटेर प्रतितोला २ लाख ३६ हजार ३०० तथा प्रति १० ग्राम २ लाख २ हजार ५९० रुपैयाँमा सीमित बन्न पुगेको हो । यसरी १३ दिनअघि सुनमा लगानी गर्नेले छोटो अवधिमै ८.४१ प्रतिशत सम्पत्ति गुमाएका छन्।  

मंगलबार मात्र सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार तथा प्रति १० ग्राम २ लाख ३ हजार १९० कायम भएको थियो ।  

अघिल्लो दिनको तुलनामा सुन प्रतितोलामा  ७०० रुपैयाँले मूल्य घटेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो १३ दिनको अवधिमा सुनमा भन्दा चाँदीमा लगानी गर्नेहरुले धेरै गुमाएका छन् । असोज ३१ गते चाँदीको मूल्य प्रतितोला ३ हजार ३५० रुपैयाँको अलटाईम हाईमा पुगेको थियो । आज(बुधबार)सम्म आइपुग्दा चाँदीको मूल्य घटेर प्रतितोला २ हजार ९६५ कायम भएको छ । यसरी चाँदीमा लगानीकर्ताले १३ दिनको अवधिमा ११.४९ प्रतिशतले सम्पत्ति गुमाएका छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.