काठमाण्डौ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुन १ हजार २ सयले घटेको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९४५ रुपैयाँ थियो।
यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ७४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ७५० रुपैयाँ पुगेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।