बुधबार, भाद्र २५,२०८२ 05:47:21
  • बुधबार, भाद्र २५,२०८२ 05:47:21
Global IME Bank Limited

डलर दुई वर्षकै उच्च कायम भएसँगै सुनको मूल्यमा २० डलरको गिरावट

Hyundai Nepal
डलर दुई वर्षकै उच्च कायम भएसँगै सुनको मूल्यमा २० डलरको गिरावट

काठमाण्डौ । सुनको मूल्य २० डलरले घटेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.७४ प्रतिशत अर्थात २० डलरले घटेको छ ।  

यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६६९ डलर कायम भएको छ ।  

अमेरिकीड डलरको भाउ दुई वषैकै उच्च कायम भएसँगै आज सुनको मूल्यमा गिरावट आएको हो । डलरको भाउ हाल सन् २०२२ नोभेम्बर पछिैक उच्च कायम भएको छ । अमेरिकी रोजगार बजारमा आएको सुधारले अमेरिकी अर्थतन्त्र सबलतातर्फ उन्मुख भएको देखिएको छ । जसका कारण फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने सम्भावना कम देखिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ब्याजदर धेरै हुँदा लगानीकर्ताले सुनमा कम लगानी गर्ने गर्छन् । जसका कारण सुनको मूल्यमा गिरावट देखिने गर्छ ।  

गत साता फेडले यो वर्ष ४० बेसिक प्वइन्ट ब्याजदर कटौती गर्ने अपेक्षा गरिएकोमा अहिले २५ बेसिक प्वइन्ट मात्रै कटौती हुने अनुमान गरिएको छ ।  

आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य ०.७६ डलरले घट्दै प्रतिऔंस २९.६५ डलर कायम भएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.