सोमबार, बैशाख ७,२०८३ 12:07:40
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:07:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा देखिएको अप्रत्यासित उछाल 'गम्भीर संकट'को संकेत: इकोनोमिस्ट भन्छन्-'केही ठूलो घटना घट्नसक्छ'

Bizshala
सुनको मूल्यमा देखिएको अप्रत्यासित उछाल 'गम्भीर संकट'को संकेत: इकोनोमिस्ट भन्छन्-'केही ठूलो घटना घट्नसक्छ'
Shivam Cement

काठमाण्डौ । सुनको मूल्यले अन्तर्राष्ट्रिय बजारमा रेकर्ड तोड्दै नयाँ उचाइ चुमेपछि विश्वप्रसिद्ध इकोनोमिस्टले ठूलो आर्थिक परिवर्तन वा संकट निम्त्याउने चेतावनी दिएका छन्। अमेरिकी इकोनोमिस्ट पिटर शिफले सुनको यो अप्रत्याशित उछाललाई 'गम्भीर अवस्था' को संकेत ठानेका छन्, जसले लगानीकर्ताहरुमा त्रास फैलाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सुनलाई 'पहेंलो धातु' भनिने यो बजारमा यस हप्ता मात्र १० प्रतिशतको वृद्धि भएको छ, जुन विगत पाँच वर्षमा कहिल्यै नदेखिएको उछाल हो। 

शिफले भनेका छन्, "यो गम्भीर अवस्था हो। सुनको मूल्य ४,३७० डलर पुगेको छ। आज राति नै यो ४,४०० डलर नाघ्न सक्छ। यो एक हप्तामा मात्र १० प्रतिशतको वृद्धि हो। मलाई लाग्छ, केही ठूलो घटना घट्न लागेको छ।" उनको यो भनाइले वैश्विक अर्थतन्त्रमा आउनसक्ने ठूलो हलचल वा संकटको संकेत गरेको विश्लेषकहरुले बताएका छन्।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार दिउँसोसम्म स्पट सुनको मूल्य प्रतऔँस ०.३ प्रतिशतले बढेर ४,३३६.१८ डलर पुगेको छ, जुन यसअघि ४,३७८.६९ डलरको उच्च विन्दु छोएको थियो। 

अमेरिकी सुन फ्युचर्स डिसेम्बर डेलिभरीको मूल्य १ प्रतिशतले उक्लेर ४,३४८.७० डलर प्रतऔँस पुगेको छ। यो उछालले सुनले ४,३०० डलरको सीमा नाघेको छ र मार्च २०२० पछि सबैभन्दा बलियो हप्ताव्यापी वृद्धि गरेको छ। 

यसैगरी, चाँदीले पनि रेकर्ड ५४.३५ डलर प्रतऔँस छोए पनि ०.७ प्रतिशत घटेर ५३.८६ डलरमा बन्द भएको छ। यस वर्ष चाँदीले ७० प्रतिशत प्रतिफल दिएको छ भने सुनले ६५ प्रतिशतको वृद्धि गरेको छ। 

अन्य बहुमूल्य धातु प्लाटिनम ०.७ प्रतिशत घटेर १,७०१ डलर र पलाडियम ०.४ प्रतिशत ओरालो लागेर १,६०७.९३ डलर प्रतऔँसमा कारोबार भएको छ।

CG Motors
Garima Development Bank
IME remit

यो उछालले सामान्य उपभोक्ताहरुका लागि गहना किन्न कठिन बनेको छ, जसले लगानीकर्ताहरुमा घाटाको डर बढाएको छ।

सुनको मूल्यमा यो उछालका मुख्य कारणहरुमा वैश्विक आर्थिक अनिश्चितता, अमेरिका-चीन व्यापार तनाव, क्षेत्रीय बैंकहरुको अस्थिरता र फेडरल रिजर्भको ब्याजदर कटौतीको अपेक्षा रहेका छन्। सुरक्षित लगानीको रुपमा सुनप्रतिको माग बढ्दा यो बुल रन चलिरहेको छ। यद्यपि, शिफको चेतावनीले यो उछाल दिगो नहुन सक्ने र ठूलो सुधार वा संकट निम्त्याउने जोखिम औंल्याएको छ।

विश्लेषकहरुका अनुसार, फेडरल रिजर्भको थप ब्याजदर कटौतीले सुनको मूल्यलाई अझै माथि धकेल्न सक्छ, तर लगानीकर्ताहरुले सावधानी अपनाउन आवश्यक छ। यो समाचार आजतकबाट प्राप्त भएको हो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.