काठमाण्डौ । बिहिबारको कारोबारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १८ सय रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५० हजार ९४५ रुपैयाँ कायम भएको छ ।
यो दिन चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १०५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८१० रुपैयाँ कायम भएको छ ।

