काठमाण्डौ । आइतबार स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो।
गत शुक्रबार भने एक तोला सुनको मूल्य ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज १० ग्राम सुनको मूल्य भने २ लाख ६४ हजार ९२० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ६० रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।