काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो दिन २ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको छ ।