बुधबार, असार १०,२०८३ 05:54:29
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:54:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतिऔंस २७ सय डलरसम्म पुग्ने आँकलन

Laxmi Sunrise Bank Limited
ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतिऔंस २७ सय डलरसम्म पुग्ने आँकलन

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १ प्रतिशतभन्दा बढीले बढेको छ । अमेरिकी केन्द्रीय बैंकले बिहिबार आधि प्रतिशत ब्याजदर कटौती गर्दै सहज मौद्रिक नीतिको प्रक्रियाको थालनी गरेसँगै आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा व्यापक वृद्धि भएको हो ।  

आज सुनको मूल्य १.३० प्रतिशत अर्थात प्रतिऔंस ३३.३३ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य २ हजार ५९२.३२ डलरमा कारोबार भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

बुधबार स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार ५९९ डलर पुगेको थियो । फेडले ब्याजदरमा गरेको कटौती र आगामी दिनमा पनि थप कटौती हुनसक्ने उच्च सम्भावनाका कारण सुनको मूल्य ह्वात्तै बढेको जानकार बताउँछन् । यसका साथै बढ्दो भू–राजनीतिक तनाव पनि यस वर्ष सुनको मूल्य बढ्नुको मुख्य कारक तत्व रहेको उनीहरुको तर्क छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

असुरक्षा र अनिश्चिनताका बेला सुनको लगानीलाई अति नै सुरक्षित मानिन्छ । यसका साथै न्यून ब्याजदर भएको बेला यसको मूल्य बढ्ने गर्छ । अमेरिका लगायत युरोपेली देशका केन्द्रीय बैंकहरुले ब्याजदरमा गरिरहेको कटौतीका कारण सुनको मूल्य थप वृद्धि हुने आँकलन गरिएको छ ।  

विज्ञहरुले उच्च मागका कारण सुनको मूल्य प्रतिऔंस २७ सयसम्म पुग्न सक्ने प्रक्षेपण गरेका छन् ।  

यस्तै आज चाँदीको मूल्य पनि ०.९२ डलरले बढ्दै प्रतिऔंस ३१.०९ डलर कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.