काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.४० प्रतिशत अर्थात १९.२० डलरले बढेको हो ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार ३२३ डलरमा कारोबार भईरहेको छ । अमेरिकी श्रम बजारमा बेरोजगारीदर बढेसँगै सुनको मूल्य बढेको हो । हालै प्रकाशित आँकडाअनुसार नोभेम्बर महिनामा बेरोजगारीदर ४.६ प्रतिशत पुगेको छ । जुन पछिल्लो चार वर्ष एताकै उच्च हो ।
यस्तै अमेरिकी डलरपनि दुई महिनाकै न्यून स्तरमा झरेको छ । जसका कारण डलरबाहेकका मुद्राधारकरलाई सुनको खरिद सस्तो पर्न गई मागमा उछाल आई मूल्य बढ्न पुगेको छ ।
यी सबै घटनाक्रमले अमेरिकी केन्द्रीय बैंकलाई ब्याजदर कटौती गर्न प्रयाप्त अवसर दिने विज्ञहरुले बताएका छन् । घट्दो ब्याजदरमा सुनको मूल्य थप बढ्ने अनुमान गरिएको छ ।
यस्तै आज चाँदीको भाउमा समेत भारी वृद्धि देखिएको छ । चाँदीको मूल्य ३.८३ प्रतिशत अर्थात २.४३ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको कारोबार प्रतिऔंस ६५.९३ डलरमा भईरहेको छ ।

