काठमाण्डौ । सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ । महासंघका अनुसार आजको लागि चाँदीको भाउ प्रतितोला ४ हजार ६२५ रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६८५ रुपैयाँ थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।