बिहीबार, चैत्र २१,२०८१ 04:05:51
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:05:51
IME remit
Global IME Bank Limited

सुनको मूल्य ११ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य ११ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । केही दिनयता खासै उतारथढाव नआएको सुनको मूल्य आज भने वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ११.३५ डलरले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२६ डलरमा कारोबार भ्रईरहेको छ । डलर केही कमजोर बन्दा र बढ्दो विश्वक भू–राजनीतिक तनाबका कारण आज सुनको मूल्यमा वृद्धि देखिएको हो । यसका साथै लगानीकर्ताको नजर अमेरिकी केन्द्रीय बैंकले सन् २०२५ मा अपनाउने रणनीति र डोनाल्ड ट्रम्पको भन्सार शुल्कमाथि रहेको छ । यी तत्वले आगामी वर्ष सुनको मूल्यलाई निर्धारण गर्ने विज्ञले बताएका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

यो वर्ष सुनको मूल्य २७ प्रतिशतले बढिसकेको छ र यो सन् २०१० पछिकै उच्च वृद्धितर्फ उन्मुख भएको छ । यो वर्ष सुनको मूल्यले नयाँ–नयाँ उचाई लिनुमा अमेरिकी केन्द्रीय बैंकले गरेको ब्याजदर कटौती र विश्वमा बढ्दो भू–राजनीतिक संकट मुख्य कारण हुन् । सुनलाई यस्तो संकटको बेला सुरक्षित लगानीको रुपमा हेर्ने गरिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.०३ डलरले बढेर प्रतिऔंस २९.७१ डलर पुगेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.