काठमाण्डौ । सुनको मूल्य आज तोलामै ३२ सय रुपैयाँले घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो ।
साथै महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ घटेको छ । आजको लागि चाँदीको भाउ प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ४ हजार ८१५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।