काठमाण्डौ । शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ ।
यससँगै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य १ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।